काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो ।
केसी अहिले काठमाडौंस्थित घरमा आइसोलेसनमा बसेका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापति मुकुन्द रिजालले उनमा कोरोना पुष्टि भएको भन्दै अहिले होम आइसोलेसनमा बसेको जानकारी दिए ।
केही दिनअघि कांग्रेस नेता अर्जुन नरसिंह केसीमा पनि कोरोना पुष्टि भएको थियो । उनीहरु दाजुभाइ हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया