डाक्टर गोविन्द केसीको मागप्रती राज्य किन यति निर्मम र कठोर : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले डा. गोविन्द केसीको माग चाँडो भन्दाचाँडो सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।

बुधवार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले डा गोविन्द केसीको माग सम्बोधन गर्न सुझाएका हुन् ।

उनले लेखेका छन्, ‘डा गोविन्द केसीको मागप्रती राज्य किन यति निर्मम र कठोर ? लोकतन्त्रमा समेत सत्याग्रहीको आवाज सुनिदैन भने राज्यबाट के अपेक्षा र आशा गर्ने ? उहाँको मागको छिटो भन्दा छिटो सम्बोधन गरियोस्।’

चिकित्सा शिक्षा सुधारको माग राख्दै २४ दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गईरहेको छ ।

उनको शरीरमा अक्सिजनको मात्रा निकै कम देखिएको त्रिवि शिक्षण अस्पतालमा अस्पतालले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?