गगन थापाको परिवारका अन्य सदस्यमा समेत देखियो कोरोना संक्रमण

काठमाडौं । पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगन थापाको परिवारका अन्य सदस्यहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

सांसद थापामा गत असोज १७ गते शनिवार कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो समय आएको पीसीआर रिपोर्टमा थापाका बुबा महेन्द्र कुमार थापा, आमा महेश्वरी थापा र काका शैलन्द्र कुमार थापामा कोरोना संक्रमण पुष्टि भएको उनका सहयोगी सविनबाबु मुडभरीले लोकपथलाई जानकारी दिए ।

मुडभरीका अनुसार सांसद थापाको श्रीमती, छोरीहरु लगायत केही सहयोगीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।

सांसद थापासहित सबै परिवारका सदस्य होम आइसोलेसनमा रहेको र सबैको अवस्था सामान्य रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?