राप्रपा बागलुङको अध्यक्षमा खड्का

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको बागलुङ जिल्ला अध्यक्षमा सुरेन्द्र खड्का चयन भएका छन् । राप्रपा र राप्रपा संयुक्तको एकीकरण समायोजन बैठकले उनलाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

सोमबार सम्पन्न एकीकरण बैठकले दुवै तर्फका पदाधिकारी मध्येबाट समायोजन गराएको हो । सदस्यमा भने दुवै पार्टीका जिल्ला सदस्यहरु यथावत् रहने व्यवस्था निर्णय गरेका छ । एकीकरण बैठकले सह अध्यक्षमा शैलेन्द्र कुमार श्रेष्ठलाइ तोकेको छ । यस अघि राप्रपाको अध्यक्ष खड्का र राप्रपा संयुक्तको अध्यक्ष श्रेष्ठ थिए ।

बैठकले उपाध्यक्षमा मनबहादुर घर्ती र नबिनचन्द्र सर्बुजा तथा सचिवमा बिष्णुप्रसाद सापकोटालाई चयन गरेको छ । सहसचिवमा पार्वती शर्मा र कोषाध्यक्षमा जयलाल सापकोटा रहेका छन् । केही समय अघि केन्द्र देखि जिल्ला सम्म पार्टी एकीकरण गर्ने घोषणा भएको थियो । पार्टीलाई एक बनाएर लैजानका लागि बैठक मार्फत जिल्ला कार्यसमिति गठन गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?