काठमाडौं । २३ दिनदेखी अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गईरहेको सन्दर्भमा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ट नेता डाक्टर बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो आक्रोश पोखेका छन् ।
उनले आज सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘२३ दिनदेखि अनसनरत डा. केसी को स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ? यो ‘criminal negligence’ हैन ? तुरून्त वार्ता गर, समाधान खोज ! डा.केसी बाँच्नुपर्छ,मूर्खदेखि दैव डरा भनिन्छ ! कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ ! सबै चेतौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया