बलिउडलाई अर्को झट्का : रहेनन् चर्चित अभिनेता विशाल आनन्द

काठमाडौं । ७० को दशकका बलिउड अभिनेता विशाल आनन्दको निधन भएको छ । उनको आईतवार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

लामो समय यता बिरामी रहेका उनको निधनले बलिउडमा शोकमा डुबेको छ । उनी बलिउडका चर्चित अभिनेता देव आनन्दका भतिजा थिए ।

उनले फिल्म चलते चलते बाट चर्चा कमाएका थिए । यो फिल्म सन् १९७६ मा रिलिज भएको थियो । उनले जम्मा ११ वटा फिल्ममा नै काम गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?