दाङको विषयमा सहमती जुटाइदिन भन्दै देउवालाई आउन थाल्यो ओली प्रचण्डको फोन !

काठमाडौं । प्रदेश नं ५ को राजधानी र नामको विषयमा भइरहेको विवाद समाधानको लागि केन्द्रीय तहका नेताहरुबीच फोनवार्ता हुन थालेको छ ।

प्रदेश ५ को मन्त्रिपरिषद्ले प्रदेशको राजधानी दाङको भालुवाङ सार्ने र लुम्बिनी नामाकरण गर्ने प्रस्तावमा प्रतिपक्षीदल कांग्रेसले विरोध गरिरहेको छ ।

प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमत भएका कारण कांग्रेसले समेत दाङमा नै प्रदेश राजधानी राख्नको लागि मतदान गर्न नेकपाका नेताहरुले आग्रह गरिरहेका छन् ।

यसैक्रममा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासमक्ष समर्थन गर्नका लागि आग्रह गरेका हुन् । मुख्यमन्त्री शंकर पोखरेलले प्रम ओलीसँग कांग्रेसको समर्थन जुटाउनको लागि पहल गरिदिन लागि आग्रह गरेका थिए ।

त्यस्तै अर्का अध्यक्ष प्रचण्डले देउवालाई टेलिफोन गरी दाङलाई नै राजधानी कायम गर्नको लागि सहयोग गरिदिन आग्रह गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रम ओलीले सभापति देउवालाई सम्पर्क गरी प्रदेशको नाम र राजधानी राष्ट्रिय सहमतिका आधारमा तय गर्न आग्रह गरेका छन् ।

आफूहरुसँग कुनै पनि छलफल नै नगरीकन एकलौटी ढंगले राजधानी सार्ने विषयमा निर्णय गरेको भन्दै प्रतिपक्षी दल कांग्रेसको गुनासो गरिरहेको छ । मन्त्रिपरिषद्ले दाङको भालुवाङ सार्नका लागि प्रस्ताव गरेको छ । उक्त विषयमा छलफल गर्नका लागि आज नेकपा संसदीय दलको बैठक बसेको थियो । बैठकले आफ्ना सांसदहरुलाई दाङको पक्षमा मतदान गर्नका लागि ह्वीप जारी गरेका छन् । भने हाल प्रदेश सभाको बैठक बसिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?