काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अनसनरत डा गोविन्द केसीले राखेको मागमा ऐक्यवद्धता जनाउँदै प्रधानमन्त्री समक्ष प्रश्न गरेका छन् । सांसद थापाले अनसनरत डा केसीले राखेको मागहरुको सम्बोधन गर्न आग्रह गर्दै कुन माग पुरा गर्न हुने र कुन माग पुरा गर्न नहुने साथै कुन माग जनहित विपरित भएको भन्दै प्रश्न गरेका हुन् ।
“प्रधानमन्त्रीज्यू,डा. गोविन्द केसीले राख्नुभएको कुन चाहिँ माग पूरा नहुने/गर्न नसकिने छ ? कुन माग जनहित विपरीत छन् ?” उनले भने ।
डा केसीले लामो समयदेखि नेपालको चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन बस्दै आइरहेका छन् । पछिल्लो समय जुम्लाबाट १९ औँ अनसन शुरु गरेका डा केसी अनसन बसेको २२ पुगिसकेको छ । सरकारले उनको मागप्रति कुनै वास्ता गरेको छैन् ।
डा केसीले हिजो गरेका पहिलेबाटै गरेका बाचाहरु सरकारले पुरा गर्न नसकेका कारण तीनै बाचाहरु आज माग बनेको समेत बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै डा केसीसँग संवाद गरि छिटो भन्दा छिटो उनको उनको जीवन रक्षा गर्नको लागि समेत थापाले प्रधानमन्त्रीसँग आग्रह समेत गरेका छन् । डा केसीले राखेका मागहरु पुरा गर्न सकिने र गर्नुपर्ने मागहरु रहेकाले माग पुरा गर्नको लागि साथ र सहयोग रहने समेत प्रतिवद्धता व्यक्त गरे । तर सत्याग्रहीमाथि बेवास्ता गरेमा भने त्यसको ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “तपाईँ आफैले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र ?
डा. केसीसंग संवाद नै गर्दिन भन्ने तपाईँको हठले के तपाईँको मान बढाउँछ ? पुरा गर्न सकिने र गर्नुपर्ने माग छन्,पूरा गर्नुहोस्।यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ।तर,एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठुलो मूल्य तपाईँले चुकाउनु पर्नेछ।
प्रमज्यू ,ख्याल राख्नुहोला,यदि डा. केसीको जीवन तल माथि भयो भने यसको शत प्रतिशत दोषी तपाईँ हो। “
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया