काठमाडौं – नेपाली कांग्रेसका नेता धनराज गुरुङले देश माफियाले चलाउने बताउँदै नेताहरु त बाहिर देखिने पात्र मात्रै भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै नेता गुरुङले अनसनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाको निम्ती सरकार गम्भिर नभएको बताएका छन् । उनले लेखेका छन् :
म सांसद भएको बेला संसदमै बोलेको थिएँ ‘देश माफियाले चलाउँछ, नेताहरु त बाहिर देखिने पात्र मात्रै हुन्’ यही दुर्दशाबाट गुज्रिरहेको सिंहदरबारले डा. केसी जस्ता फकिरहरुसँग वार्ताको जरुरत ठान्दैन। तिनै बाहिर देखिने पात्रहरुसँग वार्ताका लागि हारगुहार गर्ने कि माफियातन्त्रका बिरुद्ध लड्ने !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया