कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालमा देखियो कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतवार आएको पीसीआर रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनमा कोरोना संक्रमण पुष्टि भएको कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिए । उनले सामाजिक सञ्जाल मार्फत उनको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

यसअघि शनिवार कांग्रेस नेताहरु अर्जुननरसिंह केसी, गगन थापा लगायत अन्य २ केन्द्रीय सदस्यसहित पार्टी कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?