काठमाडौं, ३० फागुन । गत सोमबार भएको विमान दुर्घटनाबारे जानकारी लिन आएका बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एकेएम शाहाजहाँ कमालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भेट गरेका छन् ।प्रधानमन्त्री ओलीले विमान दुर्घटनामा परि निधन भएकाहरुको शोकमा परेका बंगलादेशका प्रधानमन्त्री, सरकार र जनतालाई समवेदनासहित सहानुभुति प्रकट गरेका छन् । उनले घटनाको छानविनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको जानकारी गराउँदै आयोगको प्रतिवेदन आएपछि सत्यतथ्य बाहिर आउने बताए ।नेपाल सरकारले विमान दुर्घटनामा परि घाइते भएकाको उद्दार र उपचारमा देखाएको सक्रियताको बंगलादेशका मन्त्री कमालले प्रशंसा गरे । नेपालको यो सदासयताका लागि बंगालादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले प्रधानमन्त्री ओलीलाई कृतज्ञतासहित धन्यवाद ज्ञापन गरेको मन्त्री कमालले जानकारी गराए ।गत सोमबार (फागुन २८ गते) बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको यूएस बंगला एयरलाइन्सको विमान दिउँसो २ः२०मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । सो दुर्घटनामा परि २२ जना नेपालीसहित ४९ जनाको मृत्यु भएको थियो । विमान दुर्घटनाबारे जानकारी लिन बंगलादेशका नागरिक उड्डयन मन्त्री मंगलबार नै काठमाडौं आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया