काठमाडौं – प्रदेशसभा राजधानी दाङको देउखुरी लैजाने सरकारको प्रस्तावको विरोधमा नेपाली कांग्रेसले आन्दोलनको घोषणा गरेको छ ।
आज बुटवलका नेपाली कांग्रेस र बुटवलमा क्रियाशिल संघ संस्थाका प्रतिनिधीको भेलापछि आन्दोलनमा कार्यक्रम घोषणा गरेको नेपाली कांग्रेस क्षेत्र नम्बर – २ रुपन्देहीका सभापति हरि लम्सालले जानकारी दिए ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी बनाउने विषयमा सहमति भएको थियो । यो निर्णयसँगै कतै दीपावली गरिएको छ भने कतै विरोध प्रदर्शन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया