सरकार मस्त निन्द्रामा छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकार मस्त निन्द्रामा रहेको बताएका छन् । साथै उनले सरकारलाई जनताको स्वास्थ्यको कुनैपनि चिन्ता नरहेको आरोप लगाएका छन् ।

सांसद थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत १९औं सत्याग्रहमा रहेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको बताउदै सरकारलाई जनताको स्वास्थ्यको चिन्ता नरहेको बताएका छन् ।

उनले सरकार मस्त निन्द्रामा रहेको बताउदै सरकारलाई केवल सांसद र मन्त्री कसलाई बनाउने भन्नेमा मात्र चिन्ता रहेको बताएका छन् । उनले २० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहेकोले जीवन रक्षा गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन् “२० दिनदेखि अनशनरत डा केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। सरकार मस्त निद्रामा छ । सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा केसीको जीवनरक्षाको, चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने । त्यसैले नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं – डा. केसीको जीवन रक्षा गर ! सहमतिको पालना गर ! ”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?