नेकपा सचिवालय बैठक आइतवार बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतवार बस्ने भएको छ ।  आज बस्ने भनिएको बैठक भोलिलाई सारिएको सचिवालयका एक सदस्यले लोकपथलाई जानकारी दिए ।

आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठक बालुवाटारमा बस्ने कार्यतालिका थियो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच हिजो शुक्रवार भएको छलफलपछि सचिवालय बैठक बोलाउने निर्णय भएको थियो ।

पार्टीभित्र मन्त्रिपरिषद् पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद बढीरहेको सन्दर्भमा बोलाईएको सचिवालय बैठक निकै चासोपूर्ण रुपमा समेत हेरीएको थियो ।

भोली (आईतवार) बस्ने बैठकमा पछिल्लो गतिविधि र मन्त्रीमण्डल पुर्नगठन लगायतका बारेमा छलफल हुने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?