काठमाडौं, ३० फागनु । अर्थमन्त्री डा. युवराज खतिवडा आज भारत भ्रमणमा जाने भएका छन् । बुधबार दिउँसो १ बजे अर्थमन्त्री खतिवडा भारतको राजधानी नयाँ दिल्ली जाने कार्यक्रम रहेको छ ।अर्थमन्त्री खतिवडा भारतको हरियाणस्थित गुरुग्राममा हुने ‘प्रतिआतंकवाद सम्मेलन २०१८’मा सहभागि हुने दिल्ली जान लागेको अर्थकन्त्रालय स्रोतले जनाएको छ ।मन्त्रिपरिषदको बैठकले नै हरियाणस्थित गुरुग्राममा हुने ‘प्रतिआतंकवाद सम्मेलन २०१८’मा अर्थमन्त्री खतिवडालाई पठाउने निर्णय गरेको हो ।तीनदिन सम्म हुने सो सम्मेलनमा अर्थमन्त्री खतिवडाले सूचना प्रविधिका कारण मौलाउँदो आतंवादको नयाँ स्वरुपबारे ‘कि नोट स्पीकर’का रुपमा सम्बोधन गर्नेछन् ।खतिवडाले कुनै राजनीतिक तथा कुटनीतिक भेटघाट भने नगर्ने दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।भारतको सत्तारुढ भारतीय जनता पार्टीका बुद्धिजीवीको संस्था इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘प्रतिआतंकवादी सम्मेलन २०१८’को कार्यक्रममा भाग लिएर अर्थमन्त्री खतिवडा भोलि बिहीबार नेपाल र्फकनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया