काठमाडौं । भारतको हाथरसमा भएको सामूहिक बलात्कारले भारतमा तरंग ल्याएको छ ।
त्यहाँ एक युवतीलाई सामूहिक बलात्कार पछि जिब्रो काटिदिएको र कम्मर तथा घाटी भाचिदिएका थिए ।
उनको उपचारको क्रममा १५ दिन पछि मृत्यु भएको थियो । यसैबीच बलिउड अभिनेत्री प्रियंका चोपडाले यस घटना प्रति आफ्नो दुखेसो पोखेकी छन् ।
उनले एक पछि अर्को रेपको घटना सुन्दा पनि रुन मन लागिसकेको भन्दै आफ्नो दुख सामाजिक सञ्जाल मार्फत व्यक्त गरेकी हुन् ।

उनले लेखेकि छन्, ‘एक पछि अर्को रेप, सबै रोईरहेका छन्, म रोईरहेकी छु, तर पनि केहि भएको छैन , कोहिले पनि सुनिरहेको छैन ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया