शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले शंकरदास बैरागीलाई नयाँ मुख्य सचिव बनाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीलाई नयाँ मुख्यसचिवको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस अघि बैरागी परराष्ट्र सचिव रहेका थिए ।

हालका मुख्यसचिव लोकदर्शन रेग्मीले राजिनामा दिएसँगै उनलाई मुख्य सचिवको नियुक्तीको बाटो खुलेको हो । रेग्मीको आगामी कार्तिक ३ गतेबाट कार्यकाल सकिने भएपनि समय अगाबै राजिनामा दिएका थिए ।

त्यस्तै वैरागीसहित मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी आगामी मूल्यसचिवको दौडमा रहेका थिए।

त्यस्तै आजको बैठकले मुख्यसचिव रेग्मीलाई बेलायतका लागि नेपाली राजदूत सिफारिस गरेको छ । भने पूर्व अर्थमन्त्री समेत रहेको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा युवराज खतिवडालार्ई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्ने निर्णय समेत गरको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?