कोरोना संक्रमित अभिनेत्री हिमांशी खुरानाको स्वास्थ्य अवस्था बिग्रियो

काठमाडौं । बलिउड अभिनेत्री हिमांशी खुरानाले ३ दिन पहिला सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएकी थिइन् ।

त्यसपछि उनी घरमै क्वारेन्टाइनमा रहेकी थिइन् ।

उनी घरमै डाक्टरको निगरानीमा थिइन् । तर अब भने उनको स्वास्थ्य अवस्था बिग्रिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनलाई स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालमा भर्ना गरिएको छ । उनी अहिले लुधियाना अस्पतालमा रहेकी छन् ।

उनलाई १०५ डिग्री ज्वरो आएको थियो । साथै अक्सिजनको लेभल पनि कम थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?