कहिले बन्छ पूर्ण सरकार, प्रचण्डले भने यस्तो

काठमाडौं, २९ फागुन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सी बिहिबारसम्ममा सरकारले पूर्णता पाउने दाबी गरेका छन् ।नयाँ राष्ट्रपति चयनका लागि सोमबार भएको मतदान पछि प्रतिक्रिया दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।‘सरकारलाई पूर्णता दिने विषयमा आजमात्रै पनि प्रधानमन्त्रीसँग छलफल भएको छ’, प्रचण्डले भने, ‘ भोलि या पर्सीसम्मा सरकारलाई पूर्णता दिन्छौं ।’उनले २०७४ साल चुनावी वर्षको रुपमा रहेको भन्दै आफ्नै नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गराएको पनि प्रचण्डले बताए ।उनले नयाँ सरकार स्थिरता र विकासको पक्षमा रहेको भन्दै अबको लडाईँ पनि यही भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?