काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले सभापति शेरबहादुर देउवासमक्ष विभिन्न मागहरुसहित ज्ञापन पत्र बुझाएका छन् ।
सोमवार पार्टी कार्यालयमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाअध्यक्ष सीतादेवि यादव लगायत पदाधिकारी र केन्द्रीय सदस्य गरी २७ जनाले देउवासमक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
साथै उक्त समूहरुले उठाउँदै आएको माग सम्बोधनका लागि भन्दै एक हप्ते अल्टिमेटम समेत दिएका छन् ।
निरन्तर पौडेल समूहले विभाग गठन खारेज गर्नुपर्ने, समायोजन छिटो सक्नुपर्ने र केन्द्रले आफूखसी क्रियाशील सदस्यता बाँड्न नहुनेलगायतका मुद्दा उठाउँदै र विरोध गर्दै आइरहेका छन् ।
पौडेल समूहले आइतवार पार्टी कार्यालयमा दर्ता गरेको ज्ञापन पत्रमा आगामी महाधिवेशन महाधिवेशन स्वच्छ, निस्पक्ष गर्ने वातावरण सृजना गर्न आग्रह गरेका छन् ।
त्यस्तै आगामी केन्द्रीय कार्यसमितिको बैठकसम्म न्यायपूर्ण र विधिसम्ममत समाधान गर्नेतर्फ गम्भीरता र तदारुकता नदेखाए वैधानिक संघर्षका विरोध कार्यक्रम गर्न बाध्य हुने समेत चेतावनी दिएका छन् ।
ज्ञापन पत्र पढ्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया