काठमाडौं । चीनद्वारा नेपाली भूमी अतिक्रमण गरेको भन्दै चिनियाँ दूतावास अगाडि प्रर्दशन गर्ने क्रममा नेपाल विद्यार्थी संघ((नेविसंघ) का ६ जना पक्राउ नेता कार्यकर्ता परेका छन् ।
नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा गरिएको विरोध प्रदर्शनका क्रममा ६ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, विन्दा बोगटी, अर्बत खड्का, दीपेन्द्र खड्का लगायत रहेका छन् ।

चीनले हुम्लाको नाम्खा गाउँपालिका लिमिलाप्चामा नेपाली भूमि चीनले अतिक्रमण गरेको भन्दै उनीहरुले प्रदर्शन गरेका थिए ।
त्यस्तै पछिल्लो समय त्यसको विरोधमा देशैभरी विरोध प्रदर्शनहरु भइरहेका छन् । भने सरकारले भने चीनले कुनै पनि नेपाली भूमी नमिचेको दावी गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया