काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ सवारी दुर्घटनामा परी घाइते भएका छन् ।
सोमबार बिहान काठमाडौंको टेकुमा उनी चढेको स्कुटरलाई गाडीले ठक्कर दिँदा घाइते भएका हुन् ।
बा ६५प ५६७३ स्कुटरमा त्रिपुरेश्वरतर्फ जाँदै गर्दा विपरित दिशाबाट आउँदै गरेको बा २ख ९८१० को मिनी बसको ठक्कर दिएको थियो ।
कुम र खुट्टामा चोट लागेका सांसद रसाइलीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनी निकट स्रोतका अनुसार उनको अवस्था सामान्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया