मन्त्रिपरिषद् बैठक जारी, मन्त्रिमण्डल हेरफेरबारे होला त निर्णय ?

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सोमवार र बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले आजको लागि आकस्मिक बैठक बोलाएका हुन् ।

पछिल्लो समय मन्त्रिमण्डल हेरफेरको कुरा चलिरहेका बेला प्रम ओलीले आकस्मिक बैठक बोलाउनुले मन्त्रिमण्डल पुनर्गठनबारे केही निर्णय हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने आजको बैठक नियमित जस्तै भएको प्रतिकृया दिएका छन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भएको छ । तर मन्त्रिमण्डल हेरफेर गर्दा मन्त्रालय मिलाउने क्रममा दुई अध्यक्षबीच केही खटपट देखिएपछि निर्णयमा केही ढिलाई हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?