वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले किसान नेता गौरवराज रेग्मीको निधनप्रति दुःख व्यक्त गर्दै तनहुँले प्रखर समाजवादी नेता गुमाएको बताएका छन् । आज शोक वक्तव्य प्रकाशित गर्दै उनले भने, “हिजोका कठोर दिनमा कत्ति पनि विचलित नभई अनवरत रुपमा समाज रूपान्तरणमा लाग्नु भएका रेग्मीको निधनले स्तब्ध तुल्याएको छ ।”

म्याग्दे गाउँपालिका–७ निवासी रेग्मी नेपाल किसान सङ्घका जिल्ला सभापति र नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष थिए । उनको आज निधन भएको हो ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?