काठमाडौं । बलिउडमा अहिले अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरण आएको ड्रग्स कनेक्शनले हंगामा मच्चाएको छ ।
बलिउडका चर्चित कलाकारहरु यसमा फसिरहेका छन् । अभिनेत्री दीपिका पादुकोण, सारा अली खान, रकूल प्रीत सिंह, दीया मिर्जासहित श्रद्धा कपूर लगायतका अभिनेत्रीहरु यस केसमा फसिरहेका हुन् ।
आज एनसीबीले दीपिका, सारा र श्रद्धासँग सोधपुछ गरेको थियो ।

जसमा दीपिकाले च्याट गरेको कुरा स्विकारेकी छन् भने साराले सुशान्तसँग स्मोकिङ गरेको तर ड्रग्स नलिएको बताएकी छन् । त्यस्तै श्रद्धाले भने ड्रग्स नलिएको बताएकी छन् ।
आज एनसीबीले गरेको ६ घण्टा लामो सोधपुछका क्रममा उनले आफूले ड्रग्स नलिएको बताएकी हुन् । श्रद्धाको जया साहासँगको च्याट बाहिरिएको थियो । तर उनले यो सबै इन्कार गरेकी छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया