काठमाडौं । बलिउडमा अभिनेता सुशान्त सिंह राजपूतको निधन पछि ड्रग्स एंगल्सको अनुसन्धान गरिरहेको एनसीबीले हरेक दिन नयाँ खुलासा गरिरहेको छ ।

एनसीबीले आज अभिनेत्री दीपिका पादूकोणसहित श्रद्धा र सारासँग सोधपुछ गर्नेछ ।
हिजो अभिनेत्री रकुल प्रीतसँग सोधपुछ गरेको थियो । उनले रियाले आफ्नो घरमा ड्रग्स राखेको तर आफूले लिने र सहभागी बन्ने नगरेको बताएकी थिइन् ।

यसैबीच दीपिकाकी म्यानेजर करिश्माले च्याटको कुरा स्विकारेकी छन् । तर उनले यो विषयमा तोडमोड रुपमा जवाफ दिएको भन्दै आज दीपिकासँगै राखेर दुबै जनासँग एनसीबीले सोधपुछ गर्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया