विराट कोहोलीलाई दोहोरो झट्का : पञ्जावसँग हारेपछि तिर्नुपर्यो १९ लाख जरिबाना !

काठमाडौं । रोयल च्यालेन्जर्स ब्यांगलोरका कप्तान विराट कोहोलीमाथि हिजो भएको म्याचका लागि जरिबाना गरिएको छ ।

उनले एक त हिजोको म्याच ९७ रनले हार्न पुगेका छन् भने अर्कोतर्फ १९ लाख २ हजार रुपैयाँ जरिबाना तिराईएको छ ।

किंग्स इलेभन पञ्जाबविरुद्धको म्याचमा उनले आईपीएलको न्यूनतम ओभरको गति उल्लंघन गरेको भन्दै कारवाही गरिएको हो ।

उनले कुनै पनि ओभरमा कुनै योगदान दिन सकेनन् । इण्डियन प्रिमियर लीग (आईपीएल) को विज्ञप्ती अनुसार, आईपीएलको न्यूनतम ओभर गति उल्लंघनसँग सम्बन्धित आचार संहिता अन्तर्गत उनको टिमको यो सत्रको पहिलो उल्लंघन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?