बलिउड ड्रग्स केस : अभिनेत्री रकुल प्रीतसँग एनसीबीको सोधपुछ जारी

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री रकूल प्रीत सिंहसँग एनसीबीले सोधपुछ थालेको छ । ड्रग्स कनेक्शनमा उनको नाम जोडिएपछि उनलाई सोधपुछ गरिएको हो ।

बलिउड ड्रग्स केसमा अहिले रकुल प्रीतसँगै श्रद्धा कपूर, सारा अली खान, दीपिका पादुकोण, दीया मिर्जासमेतको नाम जोडिएको छ ।

यी सबै अभिनेत्रीहरुलाई सोधपुछका लागि बोलाएको छ । दीपिका र श्रद्धाको च्याटसमेत बाहिरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?