अभिनेत्री रिया चक्रवर्ती र शोविक जेलमै रहने : २९ सेप्टेम्बरमा सुनुवाई हुँदै

काठमाडौं । ड्रग्स केसमा जेलमा रहेकी बलिउड अभिनेत्री रिया चक्रवर्ती र उनका भाईशोविक चक्रवर्तीलाई कोर्टले जेलमै रहने आदेश दिएको हो ।

उनीहरुको सुनुवाई अब २९ सेप्टेम्बरमा हुने भएको छ ।

सुशान्त सिंह राजपूत केसमा ड्रग्स एंगल्सको जाँच गर्दा उनीहरु समातिएका थिए ।

उनीहरुसहित बलिउडका चर्चित अभिनेत्री दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर र दीया मिर्जा सहित अन्य अधिनेत्रीहरु पनि यसमा संलग्न रहेको बताइएको छ ।

रियाको आज सुनुवाई हुने भनिएको केस अदालतले २९ सेप्टेम्बरमा सुनुवाई गर्ने भनेसँगै उनी जेलमा नै रहने भएकी हुन् ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?