लहरो तान्दा पहरो : बलिउड ड्रग्स कनेक्शनमा चार अभिनेताको नाम जोडियो

काठमाडौं । सुशान्त सिंह राजपूत केसमा ड्रग्स कनेक्शन आएपछि केहि ठूला कलाकारको समेत नाम खुलेको छ ।

नारकोटिक्स नियन्त्रण ब्यूरो (एनसीबी) ले अभिनेत्री दीपिका पादूकोण, सारा अली खान, श्रद्धा कपूर र रकुल प्रीत सिंहलाई उपस्थित हुन आदेश दिएको छ ।

अहिलेसम्म ड्रग्स केसमा अभिनेत्रीहरुको नाम मात्र आएको छ ।

यसैबीच भारतीय सञ्चारमाध्यमहरुका अनुसार एनसीबीले चार चर्चित बलिउड अभिनेताको नाम समेत जोडिएको बताएको छ ।

सुशान्तकी ट्यालेन्ट म्यानेजर जया साहले बुधवार एनसीबीसँग चार जना अभिनेताको नाम बताएकी हुन् । उनीसँग ४ घण्टा सोधपुछ गरिएको थियो ।

यी मध्ये एक अभिनेता चर्चित अभिनेत्रीसँग फिल्म खेलीसकेको बताइएको छ । अब एनसीबीले चाँडै यी चार अभिनेतासँग सोधपुछ गर्ने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?