काठमाडौं । नेपाली कांग्रेसका नेताहरु अर्जुननरसिंह केसी र जगदिश्वरनरसिंह केसी अनसनरत डा गोविन्द केसी भेट्न अस्पताल पुगेका छन् ।
आज(बिहीवार) बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर केसी दाजुभाइले अनसनरत डा केसीलाई भेटेका हुन् ।

लामो समयदेखि नेपालको चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै डा केसी अनसन बस्दै आएका छन् । यो उनको १९ औँ सत्याग्रह हो ।
गत भदौ २९ गते जुम्लाबाट अनसन शुरु गरेका डा केसीको स्वास्थ्यमा समस्या आएपछि मंगलवार काठमाडौं ल्याइएको थियो । अनसनरत डा केसीले सरकारले आफ्ना माग पुरा नगरेसम्म आफू अनसन नछोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया