काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्स कनेक्शन केसमा स्नडीपीएस कोर्टले अभिनेत्री तथा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई न्यायिक हिरासतमा ६ अक्टोबरसम्म राख्ने भएको छ ।
रिया र उनका भाई शोविकले बम्बे हाईकोर्टमा जमानत याचिका दर्ता गरेका थिए ।
एक्त याचिका २४ सेप्टेम्बरमा सुनुवाई हुँदैछ । यसैबीच अभिनेत्री रियाले सुशान्त माथि एक अर्को आरोप लगाएकी छन् ।
उनले सुशान्तले आफ्नो ड्रगको लागि आफ्ना नजिकका मानिसलाई प्रयोग गर्ने गरेको उनले आरोप लगाएकी छन् ।
रियाले जमानत याचिकामा सुशान्तले ड्रग्स लिने गरेको र त्यसको लागि आफ्ना स्टाफलाई ड्रग्स किन्न पठाउने गरेको बताएकी छन् ।
उनले आफू, भाई र आफ्ना घरका कर्मचारीलाई ड्रग्स किन्नको लागि प्रयोग गरेको उनले बताएकी छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया