अभिनेत्री पायलले लगाइन् फिल्म निर्माता अनुराग कश्यपमाथि रेप गरेको आरोप !

काठमाडौं । बलिउड फिल्ममेकर अनुराग कश्यपमाथि रेप गरेको आरोप लागेको छ ।

साउथ फिल्ममा काम गरिसकेकी अभिनेत्री पायल घोषले अनुराग कश्यपविरुद्ध रेप गरेको आरोप लगाउँदै एफआईआर दर्ता गरेकी छन् ।

उनले मुम्बईको वर्सोवा पुलिस स्टेशनमा केस दर्ता गराएकी हुन् । उनले यस अगाडि सोमवार केस दर्ता गराउन पुगेकी थिइन् ।

पुलिसले भने उनको केस दर्ता गराउन मानेको थिएन । अब फिल्म निर्माता अनुराग कश्यपलाई पक्राउ गरेर अनुसन्धान थालिने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?