आईपीएलमा मंगलवार दुई बलमा चार छक्का कसरी ? (भिडियोसहित)

काठमाडौं । चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्सको बीचमा मंगलवार भएको खेलमा अचम्मित बनाउने एक दृश्य देखिएको छ ।

IPL

दुई बलमा चार छक्का पनि हुन्छ भन्ने कुरा हामीले सोचेका पनि हुँदैनौ । तर मंगलवारको खेलमा यो सत्य साबित भएको छ ।

IPL

यस खेलमा राजस्थान रोयल्सका ब्याट्सम्यान जोफ्रा आर्चरले आफ्नो टीमको पारीमा अन्तिम ओभरमा बलिङ गर्न गएका चेन्नईका लुंगी एनगिडीको बलमा ८ बलमा २७ रन जोडे ।

IPL

उनले लुंगीको पहिलो बलमा छक्का प्रहार गरे भने दोश्रोमा पनि छक्का नै प्रहार गरे । त्यसपछि एनगिडीले दुई बल नो बल फाले ।

IPL

त्यसमा पनि आर्चरले दुई छक्का हाने । यसरी नै २ लीगल बलमा ४ छक्का आर्चरले प्रहार गरेका हुन् । खेल पनि राजस्थानले १६रनले जितेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?