काठमाडौं । उरुग्वेका स्टार फुटबलर लुइस सुवारेज बार्सिलोना छाडेर प्रतिद्वन्द्वी क्लब एथ्लेटिको म्याड्रिड जाने भएका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नपरेपछि सुवारेज क्लब छाड्न बाध्य भएका हुन् ।
यसअघि, सुवारेज युभेन्टस जाने तयारी गरे पनि पासपोर्टको समस्याका कारण योजना सफल हुन सकेको थिएन । त्यसपछि सुवारेजले एथ्लेटिकोसँग सम्झौता गरेका थिए ।
यद्यपि, बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले उक्त सम्झौतामा अड्को थापेका थिए ।
एथ्लेटिकोले ३३ वर्षीय उरुग्वेन खेलाडीका लागि मात्र ४० लाख युरो खर्चिनु पर्नेछ ।
एथ्लेटिकोमा सुवारेजले बार्सिलोनामा कमाइरहेको वार्षिक ३ करोडभन्दा आधा मात्र तलब पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया