काठमाडौं । राजस्थान रोयल्सविरुद्ध मंगलवार भएको आईपीएल म्याचमा चेन्नई सुपरकिंग्सका कप्तान महेन्द्र सिंह धोनी र एम्पायरको बीचमा भनाभन भएको छ ।

मैदानी एम्पायरले आफ्नो निर्णय परिवर्तन गरेपछि धोनी रिसाएका थिए ।

राजस्थानको पारीमा १८ ओँ ओभरमा टम कुरेनलाई आउट दिइएको थियो । दीपक चाहरको बलमा विकेटकिपर धोनीले बल समातेका थिए ।
https://twitter.com/i/status/1308430844189581313
मैदानमा रहेका एम्पायर शम्सुद्दीनले टमलाई आउट दिएका थिए । राजस्थानसँग रिभ्यू बचेको थिएन । जसका कारण टम पेभेलियन फर्किए ।

त्यसपछि लेग अम्पायर विनीत कुलकर्णीसँग कुरा गरेपछि शम्सुद्दीनले आफ्नो गल्ती सम्झिँदै थर्ड एम्पायरसँग सहयोग मागे । त्यसपछि उनले आउट दिएनन् ।

धोनी त्यसपछि रिसाएर एम्पायरसँग बहस गर्न थाले ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया