डा केसीलाई हस्तक्षेप गरेको प्रति आपत्ती जनाउँदै कांग्रेस महामन्त्रीको प्रश्न- ‘सरकार तानाशाही हर्कत किन’ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अनसनरत डा गोविन्द केसीलाई प्रहरीले गरेको व्यवहारप्रति आपत्ती जनाएका छन् ।

महामन्त्री कोइरालाले डा केसीको मागप्रति कुनै सम्बोधन नगर्ने रबैया आपत्तिजनक रहेका भन्दै सरकारलाई तानाशाही हर्क किन भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै महामन्त्री कोइरालाले भनेका छन्, “सरकार तानाशाही हर्कत किन ? लोकतन्त्रमा जवाफदेहिता महत्वपूर्ण हुन्छ, ८ औं दिनसम्म नागरिक सत्याग्रह गरिरहनु भएका डा गोबिन्द केसीको मागप्रति कुनै सम्बोधन नगर्ने सरकारको रवैया आपत्तिजनक छ ।”

नागरिकको आवाज दबाउन निरंकुश शैलीबाट डा केसीप्रति भएको हस्तक्षप खेदजनक र दुखद रहेको उनले बताएका छन् । महामन्त्री कोइरालाले डा केसीले विगतदेखि सरकारसँग राख्दै आएका सम्झौताहरुको तत्काल कार्यान्वयन गरी उनको जीवन रक्षाको माग समेत गरेका छन् ।

नागरिकको आवाज दबाउने निरकुंश शैलीबाट उहाँ प्रति गरिएको हस्तक्षेप ‌खेदजनक र दुखद छ । विगतमा सरकार सँग गरेका सम्झौताहरूको तत्काल कार्यान्वयन गरी सत्याग्रही डा। केसीको जिवन रक्षा गर्न सरकारसँग माग गर्दछु। ” उनले भने ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै डा केसीले लामो समयदेखि अनसन बस्दै आएका छन् ।

जनताको सेवाका लागि जुम्ला पुगेका डा केसीले गत भदौ २४ गते जुम्लाबाट आफ्नो १९ औँ अनसन शुरु गरेका थिए । उनको स्वास्थ्यमा समस्या आएपछि मंगलवार उनलाई काठमाडौं ल्याइएको थियो । डा केसीले आफ्ना मागको सम्बोधन नभएसम्म अनसन बस्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?