काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणको नाम ड्रग्स एंगलमा आएपछि बलिउडमा तहल्का मच्चिएको छ ।
अभिनेत्री सोसल मिडियामा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको निशानामा परेकी छन् । उनलाई मानिसहरु ट्रोल बनाईरहेका छन् ।
इन्टरनेटमा उनको नाम जोडेर ड्रग्स सम्बन्धी मीम्स भाइरल बनिरहेका छन् ।
उनले जया साहासँगको ह्वाट्सएप च्याटमा माल छ र ? भन्दै सोधेपछि उनको त्यही टपिक्समा मीम्स भाइरल बनिरहेको हो ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनलाई माल छ र ? भन्दै ट्रोल बनाइरहेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया