त्रिवि परिसरबाट नेविसंघका तीन कार्यकर्ता पक्राउ

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरबाट नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का तीन कार्यकर्ता पक्राउ परेका छन् ।

विभिन्न माग राख्दै त्रिवि अगाडी प्रदर्शन गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

विरोध प्रदर्शनका क्रममा नेविसंघ विश्वविद्यालय समितिका सचिव योगेन्द्र रावल, दीपक ओझा र रुपेश शाहलाई पक्राउ गरेको परेका हुन् ।

नेविसंघले शैक्षिक सुधार लगायतका थुप्रै मागहरु राख्दै आन्दोलन गर्दै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?