काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ सीजनको चौथो खेलमा आज महेन्द्र सिंश धोनीको चेन्नई सुपरकिंग्स र स्टीव स्मिथको राजस्थान रोयल्सबीच प्रतिस्पर्द्धा हुँदैछ ।
चेन्नई यो सीजनको आफ्नो दोश्रो म्याच खेल्दैछ भने राजस्थान पहिलो म्याच खेलिरहेको छ ।
राजस्थान पहिलो जितको खोजीमा मैदान उत्रिनेछ भने भने चेन्नई दोश्रो जित हात पार्ने दाउमा उच्च मनोबलका साथ मेदान उत्रिनेछ ।
राजस्थान रोयल्सका प्लेयर बेन स्टोक्स र जोस बटलरले भने पहिलो खेल गुमाउने भएका छन् । उनीहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
चेन्नईमा धोनी सबैभन्दा महंगा खेलाडी हुन् । उनलाई १५ करोड भारतीय रुपैयाँ दिइएको छ । राजस्थानमा स्मिथ १२.५० करोडमा यो सीजनको लागि खेल्दै छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया