नेकपा सचिवालय बैठक शुरु, मन्त्रिमण्डल पुनर्गठनबारे होला त छलफल ?

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ ।

गत आइतबारबाट शुरु भएको पार्टी सचिवालय बैठक हिजो (सोमबार) स्थगित भई आज बसेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको छ ।

आइतबार पार्टी एकतापछि पहिलोपटक तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बैठक बसे पनि आज मंगलबारको बैठक बालुवाटारमा बोलाईएको हो ।

यसअघि आजै मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?