काठमाडौं । श्रीलंकामा यो बेला नरिवलको भयानक कमी भएको छ ।

यो देशमा हरेक वर्ष ३०० करोड नरिवल उत्पादन भएको छ । यहाँ अहिले ७० करोड नरिवलको कमी भएको छ ।

कोरोना कालमा यस समस्यालाई बुझाउनका लागि श्रीलंकाका एक मन्त्रीले नरिवलको रुखमा चढेर प्रेस कन्फ्रेन्स गरेका छन् ।

श्रीलंकाका राज्य मन्त्री अरुण्डिका फर्नान्डोले रुखमा चढेर प्रेस कन्फ्रेस गरेका हुन् । सोसल मिडियामा अहिले उनको भिडियो अत्याधिक भाइरल बनेको छ ।

जसमा मन्त्री आफ्ना समर्थकको साथमा रुख नजिक देखिएका छन् । उनले रुखमा चढेर नरिवल टिपेको पनि देख्न सकिन्छ । उनले रुखमा चढेर नरिवल टिप्दै सम्बोधन गरेका थिए ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया