आईपीएलमा आज : कोहोली र वार्नरको टीमबीच प्रतिस्पर्द्धा, यी हुन् दुबै टिमका मुख्य हतियार !

काठमाडौं । आईपीएलको १३ औँ सीजनको तेश्रो खेलमा आज बेलुका पौने ८ बजे कप्तान बिराट कोहोलीको रोयल च्यालेन्जर्स ब्यांग्लोर र कप्तान डेभिड वार्नरको सनराइजर्स हैदरावादबीच प्रतिस्पद्र्धा हुँदैछ ।

हैदराबादमा वार्नर सबैभन्दा महंगा खेलाडी हुन् । उनलार्य टिमले एक सीजनको लागि भारतीय १२.५० करोड रुपैयाँमा किनेको हो ।

उनी बाहेक टिममा मनिष पाण्डे ११ करोडमा भित्रिएका छन् । त्यस्तै ब्यांग्लोरमा सबैभन्दा महंगा खेलाडी एबी डिभिलियर्स ११.४ करोड रुपैयाँमा क्लबमा भित्रिएका हुन् ।

हैदराबादसँग लेग स्पिनर राशिद खान नै मुख्य हतियार रहनेछन् । त्यस्तै ब्यांग्लोरमा लेग स्पिनर युजवेन्द्र चहल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?