सरिता गिरी पुनः राजनीतिमा प्रवेश, तराई मधेश वृहत लोकतान्त्रिक अभियान गठन

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरण गरी जनता समाजवादी पार्टी नेपाल बनाएको तत्कालिन समाजवादी पार्टीबाट कारवाहीमा परेकी सरिता गिरीले तराई मधेश वृहत लोकतान्त्रिक अभियान गठन गरेर मधेशको राजनीतिमा पुनः प्रवेश गरकी छिन् ।

असोज २ गते लोकतान्त्रिक अभियानको घोषणा गरेकी गिरीले अन्ततः नेपाल सद्भावना पार्टीलाई मधेशमा सक्रिय बनाउने लक्ष्य लिएकी छिन् ।

नेपाल सद्भावना पार्टी नेपालले असोज ३ गतेको दिनलाई कालो दिवसको रुपमा मनाउन आयोजना गरेको कार्यक्रममा उनी अभियानको तर्फबाट सहभागी हुन जनकपुर पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?