काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । त्यसपछि उनको आत्महत्या प्रकरण अहिलेसम्म अनुसन्धानमा रहेको छ ।
यसैबीच सुशान्तको भिसेरा सहि तरिकाले सुरक्षित (प्रिजर्भ) नभएको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । सुशान्तको भिसेरा परीक्षण गर्ने अस्पतालले लापरवाही गरेको खुलेको छ ।
![]()
भिसेरा रिपोर्टबाटै उनको आत्महत्या हो वा हत्या हो भन्ने बारेमा रहस्य पत्ता लाग्ने छ । तर यो भिसेरामा अल इण्डिया इन्स्टीट्युट अफ मेडिकल साइन्सेज (एम्स)को फोरेन्सिक टिमलाई दिइएको भिसेरा कम र विकृत खालको मिलेको छ । यसमा परीक्षण गर्न मुश्किल हुन्छ ।
अब आउने हप्ता सुशान्तको रिपोर्टबारे पत्ता लाग्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया