आईपीएलको पहिलो खेलमा टस जितेर फिल्डिङ गर्दै चेन्नई

काठमाडौं । इण्डियन प्रिमियर लीग (आईपीएल) आजबाट शुरु भएको छ ।

आईपीएलको यो सीजनको पहिलो खेलमा साबिक विजेता मुम्बई इण्डियन र उपविजेता चेन्नई सुपरकिंग्स भीँड्दैछन् । टस जितेर चेन्नईले पहिला फिल्डिङ रोजेको छ ।

खेल यूएईको आबुधाबी स्टेडियममा भईरहेको हो । मुम्बई चार पटकको विजेता हो भने चेन्नई ३ पटकको विजेता बनिसकेको छ । २०१३ यता अहिलेसम्म मुम्बईले पहिलो खेल जित्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?