आजबाट ५३ दिनसम्म आईपीएल चल्ने : पहिलो खेलमा मुम्बईविरुद्ध चेन्नई भीड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ सिजन आजबाट यूएईमा शुरु हुँदैछ ।

पहिलो म्याच डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र चेन्नई सुपरकिंग्सबीच आबुधाबीमा हुँदैछ । यी दुबै टिमले ओपनिङ म्याच चौथो पटक खेल्दैछन् ।

अहिलेसम्म भएका ३ ओपनिङ म्याचमा २ म्याच मुम्बई इण्डियन्स र एक चेन्नई सुपरकिंग्सले जितेको छ । आईपीएलको फाइनल खेल १० नोभेम्बरमा हुनेछ ।

यस बेलामा ५३ दिनमा ८ टिमले १४ १४ म्याच खेनेछन् । टुर्नामेन्टमा एक एलिमिनेटर, २ क्वालिफायर र फाइनल समेत ६० म्याच हुनेछन् ।

खेल नेपाली समयानुसार आज बेलुकी ७ बजेर ४५ मिनेटबाट शुरु हुनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?