आईपीएलमा १०० खेल जित्ने धोनी पहिलो कप्तान

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा महेन्द्र सिंह धोनी सबैभन्दा सफल कप्तान भएका हुन् । उनी विश्व क्रिकेटको बेस्ट फिनिशर मानिन्छन् ।

उनको आँकडाले यो कुरालाई स्पष्ट पार्दछ । उनको सबैभन्दा ठूलो रेकर्ड यो पनि हो कि, उनले आईपीएलमा २० ओभरमा सबैभन्दा धेरै ५६४ रन बनाएका छन् ।

उनले आईपीएलका १९० म्याचमा ४२.४० को औसतबाट ४ हजार ४३२ रन बनाएका छन् । साथै धोनी आईपीएलमा १०० वटा खेल जित्ने पहिलो कप्तान समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?