काठमाडौं । आईपीएल भन्दा पहिला चेन्नई सुपरकिंग्सले आफ्ना स्टार अलराउण्डर रवीन्द्र जडेजालाई अचम्मित बनाउने गरि सम्मानित गरेको छ ।

चेन्नईले जडेजालाई सुनको तरवार गिफ्ट दिएको हो । उनी जब मैदानमा शतक वा अर्धशतक प्रहार गर्छन्, त्यसपछि बललाई तरवार जसरी नै घुमाउँछन् ।

चेन्नईको अवार्ड समारोहमा कप्तान महेन्द्र सिंह धोनीलाई सुनको टोपी र अलराउण्डर जडेजालाई तरवार दिएको हो । दुबैले अवार्ड लिएको फोटो सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

आईपीएलमा जडेजाले १०० भन्दा धेरै विकेट र १९०० भन्दा धेरै रन बनाएका छन् । उनी यति धेरै रन बटुल्ने र विकेट लिने पहिलो भारतीय क्रिकेटर पनि हुन् ।

उनले आईपीएलमा अहिलेसम्म् १०८ वटा विकेट लिएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया