काठमाडौं – राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठामा आँच आउने काम नगर्ने बताएका छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बिहीबार) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेपछि अपरान्ह ४ बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमक्ष पद तथा गोपनीयताको सपथ लिएपछि उनले पार्टी नेतृत्व, सरकार र राष्ट्रपतिप्रति आभार व्यक्त गरे ।
गौतमले राष्ट्रिय सभा सदस्यको भूमिका निर्वाह गर्दा नेपालको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, सार्वभौम अधिकार र नेपाली जनताप्रति सधैं बफादार भएर कर्तव्य निर्वाह गर्ने प्रष्ट्याउँदै राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार नै आफूले काम गर्ने प्रतिवद्धता दोहोर्याए ।
उनले भने, “समाजवादमा जाने संकल्प पूरा गर्ने भूमिका निर्वाहबाहेक अर्को स्वार्थ छैन । म राष्ट्रिय सभामा यसको गरिमा बढाउनको निम्ति नेपालको संविधान बमोजिम, राष्ट्रिय सभाको नियमावलीबमोजिम मैले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्नका निम्ति आएको छु। मैले यो सभाको सदस्य रहँदासम्म कहिल्यै पनि राष्ट्रिय सभाको गरिमा र यसको प्रतिष्ठा गिराउने गरी कुनै क्रियाकलाप गर्ने छैन।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया